aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एसिया क्षेत्रीय बाख्रा  बिज्ञहरुको सम्मेलन चितवनमा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
एसिया क्षेत्रीय बाख्रा  बिज्ञहरुको सम्मेलन चितवनमा हुँदै

काठमाडौं । एसिया क्षेत्रीय बाख्रा बिज्ञहरुको सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनको बहुउद्धेश्यीय सभाहलमा हुने भएको छ । उक्त सम्मेलन २०७६ कार्तिक ३ देखि ६ गते सम्म हने भएको छ । 

कृषि तथा वन विज्ञान विश्वविदयालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर, चितवनको मूल आयोजनाः इन्टरनेशनल गोट एशोसिएसन, अमेरिकासंगको सहकार्य तथा नेपालसरकार, पशुपन्छी विकास मन्त्रालय, पशु सेवा बिभागः हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट यूनिभसिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थानको सह–आयोजनामा आयोजना हुने भएको छ । 

नेपाली ग्रामिण अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिने बाख्रापालन व्यवसाय र सो क्षेत्रमा कार्य गरिरहेका अनुसन्धाता तथा वैज्ञानिकहरु सम्मिलित हने भएका छन् । 

उक्त सम्मेलनले बाख्रापालन जस्तो अति महत्वपूर्ण क्षेत्रमा यस्को उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिको लागि विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक अनुसन्धान निकायहरू, विश्वविद्यालयहरु एवं सरकारी र गैह् सरकारी संघ संस्थाहरू विचमा बृहत संजाल र सहकार्यको विस्तार गर्दै कृषि तथा वन विज्ञान  विश्वविद्यालय रामपुरलाई भविष्यमा वैज्ञानिक बाखापालनको एउटा राष्ट्रिय अनुसन्धान तथा श्र्रोत केन्द्र बनाउने दिर्घकालिन उद्देश्य लिएको छ ।  

नेपालको कूल मासु उत्पादनको करिब २० प्रतिशत हिस्सा बाख्राले ओगटेको छ । भैसीकोे मासु ५० प्रतिशत रहेको क्षेत्रमा दोश्रो स्थानमा बाख्राको मासु रहेको छ ।  

पशु सेवा विभागको २०७५ को तथ्यांक अनुसार नेपालका चौपाया पशुहरुको कुल संख्यामध्ये बाख्राको सबैभन्दा बढी करिब १ करोड १६ लाख संख्या रहेको अनुमान छ । विश्वमा करिब ५१ जातका बाखाहरू मध्ये एशिया महादेशमा मात्र १४८ जातका बाखाहरु पाइन्छन भने नेपालमा जम्मा ४ वटा मात्र रैथाने जातका बाख्राहरु पाइने गरेको छ । 

विश्वको कुल बाख्राका संख्याको करिब ९२.५ प्रतिशत एशिया र अफ्रीका महादेशमा मात्र रहेको पाइन्छ । विश्वव्यापी बाख्रापालनको तथ्यांक हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ भने यसका छिमेकी मित्रराष्ट्रहरु चीन र भारत क्रमशः पहिला र दोश्रो स्थानमा छन् । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रको २०७४र०७५ को तथ्यांक अनुसार नेपालले गत वर्षमात्र भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड, जर्मनी लगायत देशहरुबाट करिब ५ अर्ब बराबरको जीवित बाख्रा र मासु आयात गरि स्वदेशी मुद्रा बाहिरिइरहेको एसिया क्षेत्रीय बाख्रा–बिज्ञ सम्मेलनको प्रेस वक्तव्यमा जानकारी दिए । 

जस मध्ये, ३ अर्ब २९ करोड रुपैयां बराबरको जीवित बाख्रा, १८ करोड रुपैयाँको मासु र  १ अर्ब ८३ करोड रुपैयाँ बराबरको माछा आयात गरेको तथ्यांक रहेको छ ।

नेपालमा व्यवसायिक बाख्रापालनको अत्यन्तै प्रचूर सम्भावना भए पनि परम्परागत पालन प्रणाली, बाख्रा–बिशेष दानाको उत्पादन नहुनु, उन्नत घाँस खेतीको लागि उपयुक्त बिउबिजनको सहज उपलब्धता नहुनु, साना र कम उत्पादनशील जातहरु मात्रै उपलब्ध हुनु, अबैज्ञानिक प्रजनन प्रणाली, लगानीको श्रोत र प्राबिधिक श्रोतमा कृषक हरुको कमजोर पहुँच आदि समस्याहरु छन् ।

आफ्ना रैथाने जातहरुको उचित संरक्षण र प्रवर्द्धन गर्दै आधुनिक, वैज्ञानिक र व्यवसायिक बाख्रापालन,नश्ल सुधार, प्राविधिक क्षमता अभिवृद्धि, नवीनतम प्रविधिमा सिमान्तकृत र साना कृषकहरुको पहुँच वृद्धि, मूल्य शृंखला विकास र मूल्य अभिवृद्धि, उत्पादन विविधिकरण र दिगो बजार व्यवस्थापनको सुनिश्चितता सहित देश भित्रै बाख्राको उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि गरि सबै सरोकारवालाहरु मिलि आयात प्रतिस्थापनमा जोड दिन सकेमात्र नेपाल हामीले सोचे अनुरुप मासु र तत्जन्य पदार्थको उत्पादनमा आत्मनिर्भर हनेछ ।

विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाखापालन भन्ने मल नाराका साथ सम्पन्न हालसम्म नेपाल, भारत, पाकिस्तान, क्यूवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेसिया, बंगलादेश, फ्रान्स, केन्या लगायत १४ देशका बाख्रा अनुसन्धान र विकाशमा विशिष्ट योगदान पुयाउन सफल बैज्ञानिक, अनुसन्धाता उद्यमी र बिद्यार्थीहरुको सहभागिता हने सनिश्चित भैसकेको छ सम्मेलनमा खाद्य तथा पोषणको श्रोतः बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मुल्य शंखला विकाश ब्राखाको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाश सम्बन्धि विधाहरुलाई समेटेर करिब ३ वटा विशेषज्ञ कार्यपत्र, १४ वटा आमन्त्रित, ३८ बढी मौखिक र ४२ बढी पोस्टरहरु गरि जम्मा १०७ भन्दा बढी बैज्ञानिक कार्यपत्रहरु प्रस्तूत हनेछन् । कार्यपत्र प्रस्तुतिका अलावा उक्त सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतिको रुपमा रहेको पि.पि.आर. रोग र त्यसको नियन्त्रण, वाख्रापालन र भ्याक्सिन व्यवसायमा महिला सहभागिता जस्ता विभिन्न जल्दाबल्दा समसामयिक विषयहरुमा विभिन्न देशका विज्ञहरुबीच प्यानल छलफल हुनेछ ।

बाख्रा अनुसन्धान र विकास केन्द्रित यस किसिमको विशिष्ट अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलनमा अमेरिकाबाट इन्टनेशनल गोट एशोसिएसनका अध्यक्ष डा. बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुने अन्तराष्ट्रिय बाख्रा विज्ञहरुको सम्मेलन २०२० आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु बिज्ञान तथा प्रविधि कलेजका डीन प्रा. डा. यिङ्गजी झाङ्ग, जापानस्थित मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट बैज्ञानिक, प्राज्ञ र बिद्यार्थीहरु सहित १५ देशका करिब ३०० जनाको सहभागिता रहने भएका छन्  ।
 

प्रतिक्रिया दिनुहोस