
काठमाडौं । सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका–२९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सिआइबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
वडाध्यक्ष ढकालले साबिक बानेश्वर महादेवस्थान वडा नम्बर ५, कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साबिक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै दुई अर्ब मूल्य पर्ने धोबीखोलाको १२ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि ०७७ साल फागुन ९ गते सिफारिस गरी आफ्नो पदीय मर्यादा भुलेको आरोप लगाएको छ । आजको नयाँपत्रिका
धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष ढकाललाई तत्काल निलम्बन गरी छानबिन गर्न आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस