aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएकी कर्मा ल्हामो गुरुङलाई पहरीले पक्राउ गरेको हो । 

काठमाडौंको बौद्ध फूलबारी स्थित नाम्गेल भन्ने किंगाले संचालन गरेको हिमालय हस्तकला नाम गरेको पसलमा हुण्डी कारोबार भई रहेको छ भन्ने सूचना प्रहरीकोमा पुगेको थियो । सोहि आधारमा प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले स्रोत नखुलेको रकम नगद ३३ लाख ५० हजार रुपैयाँसहित गुरुङलाई नियन्त्रणमा लिएको हो । 

             

प्रतिक्रिया दिनुहोस