aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बालेन कि सल्लाहकारले दिइन् राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
बालेन कि सल्लाहकारले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । उनले बालेनको कार्य शैली प्रति चरम असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत राजीनामा सार्वजनिक गरेकी हुन् ।

अर्यालले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएको उल्लेख गरेकी छिन् । त्यस बाहेक   मेयरका त्यस्ता निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनको भनाई रहेको छ ।

उनले बालेनलाई निरङ्कुश नबन्न समेत सुझाव दिएकी छिन् । उनको भनाइ छ ( यस सहरको नागरिक र उहाँको मतदाताको हैसियतमा उहाँलाई शुभकामना र अनुरोधसहित लोकतान्त्रिक अभ्यासहरू छनौट गर्न अनुरोध गर्दछु ।

त्यसैगरी उनलाई कानुनको शासन र स्थानीय सरकारका सीमितताहरूको पालना, निर्णयहरू घोषणा गर्नु अघि विस्तृत अनुसन्धान र स्वस्थ, लोकतान्त्रिक ढङ्गले काम गर्न पनि उनले सुझाएकी छिन् । अर्यालले हाम्रो समाज दयालु समाज हुनाले त्रासको भरमा शासन नगर्न पनि भनेकी छिन्।

हालै मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पठनपाठन स्थगित गरी आन्दोलनमा उत्रिएमा जागिर नै खाइदिने सार्वजनिक चेतावनी दिएपछि उनीहरूको पुर्व घोषित आन्दोलन तुहिएको थियो  । 

प्रतिक्रिया दिनुहोस