aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इलोन मस्कले भारतीय प्रमलाई भेटेपछि भने, म तपाईको ठूलो फ्यान हुँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
इलोन मस्कले भारतीय प्रमलाई भेटेपछि भने, म तपाईको ठूलो फ्यान हुँ

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलोन मस्कसँग न्यूयोर्कमा भेट गरेका छन्। मस्क र प्रधानमन्त्रीबीच भेटवार्ता यस्तो समयमा भएको हो जब टेस्लाले भारतमा विद्युतीय कार बनाउनको लागि निर्माण इकाई स्थापना गर्न चाहेको हो । यस बैठकपछि मस्कले भने– ‘भारतसँग विश्वका कुनै पनि ठूला देशभन्दा धेरै सम्भावनाहरू छन् ।’

मस्कले भने, ‘म भारतको भविष्यलाई लिएर उत्साहित छु । म मोदीको फ्यान हुँ।’ यो एक राम्रो बैठक थियो र म उहाँलाई धेरै मनपर्छ। टेस्ला भारत आउने समयको बारेमा सोध्दा, मस्कले भने, ‘म पक्का छु कि टेस्ला छिट्टै भारतमा आउनेछ।’ उनले अर्को वर्ष अर्थात् २०२४ मा भारत भ्रमण गर्ने योजना पनि बनाएका छन् ।

प्रधानमन्त्री मोदीले यो भेटको तस्बिर पनि ट्विट गर्दै लेखेका छन्, ‘तपाईसँग आजको भेट निकै राम्रो रह्यो, एलोन मस्क। हामीले ऊर्जादेखि अध्यात्मसम्मका विषयमा छलफल गर्यौं। बैठकअघि एलोन मस्क र प्रधानमन्त्री मोदीबीच टेस्लाको भारत प्रवेशबारे छलफल हुने अनुमान गरिएको थियो।
 

प्रतिक्रिया दिनुहोस