aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०७ असार २०८०
सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो

काठमाडौं । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो ।

सरकारले १ वर्षभन्दा कम अवधिको ऋण उठाउने औजार ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्ष (आव) कै न्यून विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोडको ट्रेजरी बिल्स विक्रीका लागि बोलकबोल आह्वान गरेकोमा बैंकहरूले चालू आवकै न्यून ब्याजदरमा खरीद गरेका छन् ।

मंगलवार राष्ट्र बैंकले २८ दिनको १० अर्ब, ९१ दिनको ९ अर्ब ५३ करोड, १८२ दिनको ६ अर्ब ३३ करोड र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस