काठमाडौं : चितवनमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ। कात्तिक ३ गते सुरु हुने सम्मेलन चार दिनसम्म
सञ्चालन हुनेछ। आइतबार पशु सेवा विभागमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिइएको छ।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्रा. डा.शारदा थपलियाका अनुसार सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजना गरिएको छ। थपलियाका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, क्युवा, क्यानाडा, इटाली, जापान, बंगलादेश, हंगेरी, केन्या, फ्रान्स, इण्डोनेसियासहित १४ मुलुकको बाखा विज्ञको सहभागिता हुनेछ।
सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसिएसनका अध्यक्ष डा.वेथ मिलर, सन् २०२० मा हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलनको आयोजक समितिको अध्यक्ष डा.सान्डोर कुकोभिक्स, जापानको मिजो विश्व विद्यालयका प्रा.डा. योशिहाकी हायासी, चीनको हेवई कृषि विश्व विद्यालयका डिन प्रा. डा.यिङजी झाङलगायत सहभागी हनेछन । यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस