काठमाडौं । गोरखाकोको मनकामनामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज बिहान दुलहा–दुलही सहित जन्ती बोकेको जीप दुर्घटना हुँदा यस्तो क्षति भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसारकोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको थियो ।
सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको प्रहरीको चनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस