काठमाडौं । आज बिहान गोरखामा भएको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । जन्ती लिएर बेहुला–बेहुलीसहित गुडिरहेको बस दुद्र्धटना हुँदा मृत्यु भएका पाँचजनाको सनाखत भएको हो ।
प्रहरीका अनुसार सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।
दुर्घटनामा परी १२ जना घाइते भएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस