aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समृद्धि फाइनान्सको मधुवन शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असार २०८०
समृद्धि फाइनान्सको मधुवन शाखा सञ्चालन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १२ औँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले सुनसरीको मधुवन शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त कार्यालयको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा गरेका हुन् । फाइनान्सको शाखा प्रबन्धकमा केशब पौडेल रहेका छन् । 

उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको बताए । उनले रकम जम्मा तथा बैंकिङ कारोबार गर्न स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्या नहुने बताए । 

उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल बाह्र वटा पुगेको छ । संस्थाले अर्को हप्ता थप एक नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थामा निशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, आरटीजिएस लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस