aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अदानी समूहका कम्पनीको शेयरमा ठूलो गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असार २०८०
अदानी समूहका कम्पनीको शेयरमा ठूलो गिरावट

एजेन्सी । शुक्रबार अदानी समूहका कम्पनीको शेयरमा ठूलो गिरावट आएको छ । यसको पछाडिको कारण अमेरिकामा भइरहेको अनुसन्धान हो ।वास्तवमा अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चले अदानी समूहमाथि स्टक हेरफेर र आर्थिक हिनामिनाको ठगीको आरोप लगाएको थियो । त्यसपछि लगानीकर्ताको विश्वास जित्न अदानी समूहले रोड शो र लगानीकर्तासँग वार्ता गरेको थियो । ब्लुमबर्गको प्रतिवेदनमा अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज मिसन (एसईसी) ले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।

अमेरिकी धितोपत्र तथा विनिमय आयोगले अदानी समूहका प्रमुख शेयरधारकहरूलाई समूहसँग के वार्ता गरेको छ भनी सोधेको छ । यस वर्षको जनवरी महिनामा हिन्देनबर्गले आफ्नो प्रतिवेदनमा अदानी समूहका कम्पनीहरूले शेयर मूल्यमा हेरफेर गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस