aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ठेकदारलाई पखेटामुनि नलुकाउन प्रधानमन्त्रीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
ठेकदारलाई पखेटामुनि नलुकाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूलाई राजनीतिक संरक्षण दिइँदाविकासमा व्यवधान बेहोर्नुपरिरहेको. बताउनुभएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासआयोजना निर्माणको ठेक्का दिँदा निर्माण कम्पनीको क्षमता र विगत अवलोकन नगरी राजनीतिक पहुँचका आधारमा दिने कार्य अब दोहोरिन नदिन निर्देशनसमेत दिनुभयो ।

समयमै काम नगर्ने, आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीले पुनः ठेक्का पाउने अवस्थाको अन्त्य गर्न र दोषी ठेकेदारलाई सधैंका लागि निषेध गर्न जरुरी रहेको पनि उहाँले बताउनु भयो । “कुखुराले चल्ला ओते जस्तै ठेकेदारलाई राजनीतिले जोगाउने ?" प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, “गलत काम गरेर राजनीतिको पखेटामुनि ठेकेदारलाई लुकाएपछि कारवाही गर्ने समस्या ?" यस्तो अवस्था तत्काल अन्त्य गरेर दोषीलाई दण्डित गर्नेपर्ने उहाँको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रुग्ण आयोजनाहरूका ठेक्का समय अन्तिम पटकका लागि
एक वर्ष थपेर निर्माण सम्पन्न गर्न उपयुक्त हुने सुझाव बैठकमा राख्नुभएको थियो। उहाले  ठेक्का सम्झौता रद्ध गर्दा राज्यलाई खबौं रुपियाँको दायित्व शप हने भन्दै समय थप्न उपयुक्त हने जिकिर गर्नुभयो। यो समाचार आजको गोरखापत्रबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस