aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यी ठाउँमा आज बेस्सरी पानी पर्ने, सतर्कताको लागि आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असार २०८०
यी ठाउँमा आज बेस्सरी पानी पर्ने, सतर्कताको लागि आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई  स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  

त्यस्तै, राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, मधेश,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र मेघगर्जन र चट्याङ्गकाकारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस