aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देउवा र ओलीले सरकार बनाउन लागेका हुन् ? माधव नेपालको यस्तो खुलासा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०९ असार २०८०
देउवा र ओलीले सरकार बनाउन लागेका हुन् ? माधव नेपालको यस्तो खुलासा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् ।

“ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने ।

उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर काँग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस