aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वैदेशिक रोजगारीका लागि निशुल्क स्वास्थ्य परामर्श लिने बढे

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०९ असार २०८०
वैदेशिक रोजगारीका लागि निशुल्क स्वास्थ्य परामर्श लिने बढे

काठमाडौँ । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा  वीर  अस्पतालमा  सञ्चालित  चिकित्सक  परामर्श  युनिटले  विभिन्न  ५२/५३  देशमा  कार्यरत  ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । 

जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल  अधिकृत  डा.  सञ्जय  धरेलले  जानकारी  दिए । 

उनले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिए । टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा. धरेलले भने, “रोग ग्यास्ट्रिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि  सामान्य  ग्यास्ट्रिकको  औषधीले  निको  भएको  छ  ।”

बोर्डले  गत  चैत  १५  देखि  वैदेशिक  रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले  देशको केन्द्रीय अस्पताल  वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ । वीर अस्पतालमा सुुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस