aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तेश्रो पक्षको प्रवेशले मनोज र बबिताको प्रेम विवाहले लियो अर्को मोड

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १० असार २०८०
तेश्रो पक्षको प्रवेशले मनोज र बबिताको प्रेम विवाहले लियो अर्को मोड

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ की बबिता इसर र विष्णुपुर गाउँपालिका ६ का मनोज रामबीचको अन्तरजातिय प्रेम विवाह नाटकीय र नयाँ मोडमा पुगेको छ ।

दुबै पक्षका अभिभावकद्वारा एक अर्कामाथी किर्ते गरी बबिताको नक्कली जन्म दर्ता प्रमाणपत्र बनाइएको आरोप प्रत्यारोप चलिरहँदा तेश्रो पक्ष वडा कार्यालयको प्रवेश भएको छ । वडा कार्यालयको यो घटना क्रममा प्रवेशसँगै मनोज र बबिताको प्रेम विवाह नाटकीय मोडमा पुगेको छ ।

दुबैको अभिभावकले एक अर्कामाथी अग्निसाइर कृष्णासवरण गाउँपालिकाबाट बबिताको नक्कली जन्मदर्ता निकालिएको आरोप प्रत्यारोप गरिरहेका बेला शनिबार वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि मनोजका आफन्तले वडा कार्यालयबाट लिएको भनिएका बबिताको जन्मदर्ता नक्कली भएको दाबी गरेको छ ।

वडाअध्यक्ष तेजनारायण यादवले वडा कार्यालयका कार्यालय सहयोगि देवकान्त चौधरीलाई प्रलोभनमा पारी मनोजका आफन्त नारायण राम भन्ने व्यक्तिले किर्ते गरी अर्को जन्म दर्ता निकालेर कपिलबस्तु जिल्ला अदालतमा पेश गरेको र सोही आधारमा उनको कोर्ट म्यारेज भएको खुलासा गरेका छन् ।

पत्रकार सम्मेलनमा कार्यालय सहयोगि देवकान्तले नारायण भन्ने व्यक्तिले आफूलाई १५ हजार रुँपैया दिने प्रलोभन देखाई पुरानो मितिमा बबिताको जन्म दर्ता गर्न लगाएको र आफू प्रलोभनमा परी त्यसको जालमा फसेको बताएका छन् ।

बबिताका अभिभावकले प्राप्त गरेको जन्मदर्ता अनुसार हाल बबिताको उमेर १३ वर्ष मात्र देखिन्छ । तर, सोही कार्यालयबाट नारायणले उमेर बढाउने गरी निकालेको अर्को जन्म दर्ता प्रमाणपत्रबाट बबिताको उमेर २१ वर्ष देखाउछ ।

बबिता र मनोज दुबैको अभिभावक भने एक अर्कामाथी किर्ते गरी जन्मदर्ता निकालेको आरोप लगाउँदै गरेको बेला वडा कार्यालयले यस्तो खुलासा गर्दै बबिताका अभिभावकले प्रस्तुत गरेको जन्मदर्ता नै सक्कली भएको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित वडा सचिव रमेश घिमिरेले हाल अपहरण तथा शरीर बन्धक मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा रहेका मनोजलाई जोगाउन उनका आफन्त नारायणले बुनेको योजनामा पैसाको प्रलोभनमा परी कार्यालय सहयोगि देवकान्त फसेको सुनाए ।

प्रतिक्रिया दिनुहोस