
काठमाडौं । काठमाडौं उपत्यकाभित्र बनेका घरहरुको ह्रास कट्टी कटाउने तरिका महानगर पालिकाले सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालिका भित्र बनेका भवनको बनौट र सोमा ह्रास कट्टी गर्ने तरिका समान ह्रास कट्टी पद्धति (Qmraight Line Method) अनुसार हुने महानगरले बताएको छ ।
भित्रकाँचो बाहिर पाको इट्टामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको ३ प्रतिशतका दरले २५ वर्षसम्म ह्रास कट्टी कटाउने पर्ने महानगर पालिकाले आइतबार सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
त्यस्तै, भित्रबाहिर पाको इटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवन २ प्रतिशत ३५ वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने छ । प्रीफायब भवन, गोदाम भवन, टस्ट ३ प्रतिशतका दरले २५ वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने नियम रहेको छ ।
भित्रबाहिर पाको इट्टा र सिमेन्टको जोडाई भएको भवन १.५ प्रतिशतका दरले ५० वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने छ । त्यस्तै, स्टील स्टक्ट्रचर २ प्रतिशतका दरले ३५ वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने छ । त्यस्तै, आर.सी.सी फ्रेम स्ट्रक्चर भवन १.५ प्रतिशतका दरले ५० वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने छ ।
प्रतिक्रिया दिनुहोस