aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौँ महानगरले सुलभ मुल्यको औषधी पसल खोल्ने, स्वास्थ्यलाई छुट्टायो ४१ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
काठमाडौँ महानगरले सुलभ मुल्यको औषधी पसल खोल्ने, स्वास्थ्यलाई छुट्टायो ४१ करोड

काठमाडौं । काठमाडौँ महानगर पालिकाले अब आफ्नै औषधी पसल संचालन गर्ने भएको छ । सुलभ दरमा औषधि उपलब्ध गराउन आगामी आर्थिक वर्षका लागि बजेटमा ६ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा यस्तो फार्मेसी संचालन गर्ने योजना सार्वजनिक गरेकोमा त्यसलाई कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको बजेटमा सो रकम विनियोजन गरिएको छ।

त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रूपान्तरण गर्ने योजना पनि बजेटमा छ। ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई थप ३५ करोड रकम विनियोजन गरिएको छ।  आइतबार महानगरले २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगर सभामा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस