aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं महानगरको कुन स्थानको जग्गाको कति मूल्य ? (सूचि सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
काठमाडौं महानगरको कुन स्थानको जग्गाको कति मूल्य ? (सूचि सहित)

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक एवं सडकको दायाँवायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन सार्वजनिक भएको छ । महानगर पालिकाले आइतबार सार्वजनिक भएको बजेटमा प्रति आना जग्गाको मूल्य मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ (रिङरोड) तीनकूने, गैह्रीगाउं, सिनामंगल तिलगंगा, गौशाला, मित्रपार्क हूंदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसंग जोडिएका दायांबायांका जग्गाहरुका २८,००,००० रुपैयाँ तोकेको छ । 

त्यस्तै, बालकूमारी पूलदेखि कोटेश्वर हूंदै तिनकूने मिनभवन, नयांबानेश्वर, बिजूलीबजार, थापाथली, त्रिपुरेश्वर हूंदै विष्णूमति पूलसम्मका मुलसडकसंग जोडिएका दायांबायांका जग्गाहरुको ३२,००,००० रहेको छ  । त्यस्तै, बनस्थली,बालाजू, गोंगबु, महाराजगंज (नारायणगोपालचोक), धूम्बाराही, धोबिखोलापूल (चक्रपथ मूलसडक) संग जोडिएका दायांबायांका जग्गाहरुको २८,००,००० रहेको छ । 

 नयांबानेश्वर चोकदेखि कान्तिपूर डेन्टल हस्पिटल चोकसम्मका बाटोसंग जोडिएका दायांबायांका जग्गाहरुको ३२,००,०००, नयांबानेश्वर कान्तिपूर डेन्टल हस्पिटल चोक,रत्नराज्य स्कुल पूरानो बानेश्वर चोकसम्मका मुलसडकसंग जोडिएका दायांबायांका जग्गाहरुको २८,००,००० रहेको छ । 

त्यस्तै, पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मुलबाटासंग जोडिएका दायांबायांका जग्गाहरुको ३२,००,०००, माइतिघर मण्डला पूरातत्व विभागबाट पूर्व, सिंहदरबार दक्षिण गेटहनुमान स्थानसम्मको मुलबाटोमा जोडिएका दायांबायांका जग्गाहरुको ३२,००,०००, पूरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक हूंदै सिनामंगल बागमती पूल हूंदै के.एम.सी.हस्पीटल चक्रपथसम्मका मुलबाटोसंग जोडिएका दायांबायांका जग्गाहरुको ३०,००,००० रहेको छ । 

प्रतिक्रिया दिनुहोस