
काठमाडौं । असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने नियमलाई स्विकार्दै ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपयाँको बजेट ल्याएको छ । आइतबार महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले नगर सभामा सार्वजनिक गरेको बजेटमा पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट विनियोजन गरिएको छ ।
आज सार्वजनिक गरेको बजेटमा ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस