aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो रह्यो बालेनलाई चुनौती दिँदै पुनः भएको शैक्षिक मेला (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • आइतबार, १० असार २०८०
यस्तो रह्यो बालेनलाई चुनौती दिँदै पुनः भएको शैक्षिक मेला (फोटोफिचर)

काठमाडौं । यही असार ८ गतेदेखि शुरु भएको शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको छ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला भएको थियो ।  

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए । 

बुधबारको अन्तरिम आदेशसँगै मेला असार ८, ९ र १० गते सञ्चालन भएको हो । हिसानका अध्यक्ष रमेश सिलवालका अनुसार महानरगको हस्तक्षेप गैह्रकानुनी भन्ने अदालतको आदेश आइससकेकाले निर्वाधारुपमा मेला सञ्चालन गरिएको छ । 

विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ठ शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने उनको भनाइ छ ।  

महानरपालिकाले लिखित जानकारी बिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए । मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ । मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइएको मेलाका संयोजक टङ्कराज आचार्यले जानकारी दिएका छन् । 

मेलामा विद्यालय तहका संस्था, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहेको थियो । मेलामा प्रवेश निःशुःल्क गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस