aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज यी ठाउँमा छ भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङसहित पानी पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
आज यी ठाउँमा छ भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङसहित पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । विभागले आज बिहान ६ बजे सार्वजनिक गरेको वुलेटिन अनुसार देशभर आँशिक देखि सामान्य बदली रहेको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत संभावना रहेको छ ।

त्यस्तै, राती कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । भारी वर्षा र मेघगर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस