काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघु नन्दन मारु सम्मानित भएका छन् । इन्टरनेशनल अचिभर्स कन्फेरेन्स (आइएसी)द्वारा आयोजित आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरसिप अचिभर्स अवार्ड २०२३ बाट मारु सम्मानित भएका हुन् ।
मारु शिवम् सिमेन्टको स्थापना कालदेखिनै निर्देशकको रूपमा कार्यरत छन् । विगत लामो समयदेखि निरन्तर व्यवसाय क्षेत्रमा सकृयरुपमा रहेका मारुको नेतृत्वले संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रूपमा पहिचान बनाई सकेका छन् ।
आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष दुबईमा १६ औँ अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस