aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको श्री सिमेन्ट समूहमा राजस्वको छापापछि शेयर बजारमा पहिरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
भारतको श्री सिमेन्ट समूहमा राजस्वको छापापछि शेयर बजारमा पहिरो

एजेन्सी । भारतको आयकर विभागले राजस्थानस्थित श्री सिमेन्ट समूहको कार्यालयमा गरेको सर्वेक्षणपछि श्री सिमेन्ट लिमिटेडको शेयर १० प्रतिशतले घटेको छ । जुन तीन वर्षमा सबैभन्दा धेरै घटेको हो। रिपोर्टका अनुसार आयकर विभागको खोजीपछि देशकै सबैभन्दा ठूलो ठगीको खुलासा भएको छ । स्रोतका अनुसार आयकर विभागको कारबाहीमा २३ हजार करोडभन्दा बढीको कर छली प्रकरणका कागजात जफत गरिएको छ ।

जयपुरको आयकर विभागको टोलीले श्री सिमेन्ट समूहका २४ भन्दा बढी स्थानमा खोजी जारी राखेको छ । आयकर विभागको कारबाही जयपुर, बेवार, उदयपुर, अजमेर र चित्तौडगढमा चलिरहेको छ। श्री सिमेन्टले एनएसई र बीएसईलाई पत्र लेखेर आयकर विभागको सर्वेक्षण जारी रहेको जानकारी दिएको छ । कम्पनीका अधिकारीहरूले आयकर विभागलाई पूर्ण रूपमा सहयोग गरिरहेका छन्।

श्री सिमेन्टको शेयर (श्री सिमेन्ट शेयर मूल्य) इन्ट्राडेमा १० प्रतशितसम्म घट्यो ।  जुन मार्च २३, २०२० यताकै सबैभन्दा बढी हो। आज दिउँसो १२ः१५ बजे कम्पनीको शेयर २,०५० दशमलव ६५ अंक अर्थात ८.१६ प्रतिशतले घटेर २३,(९४.६)  मा कारोबार भइरहेको छ । जबकि अघिल्लो दिन श्री सिमेन्टको शेयर मूल्य २५ हजार १४५.२५ रुपैयाँमा बन्द भएको थियो ।

कम्पनी ट्र्याक गर्ने ४५ विश्लेषकहरूमध्ये १० जनाले ‘बाइ’ रेटिङ कायम राखेका छन् भने १९ जनाले ुहोल्डु रेटिङ गरेका छन्। जबकि १६ जनाले स्टकमा ‘सेल्ड’ सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस