aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
फाइल फोटो

काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।  

अपराध अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले गुरुङलाई पक्राउ गरेको घुमाउरो पारामा पुष्टि गरे । उनले आर्थिक न्युजसँग भने, ‘अपरेसन जारी थियो । उनी पक्राउ परिसके होलान् ।’   

ललिता निवास प्रकरणमा मुछिएका गुरुङ प्रहरीको फरार सूचीमा रहेका थिए । उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो । उनले ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको आरोप रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस