
काठमाडौं । राजनीतिक हस्तक्षेपपछि रोकिएको ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पुन अनुसन्धान गर्दै यस मुद्दाका मुख्या योजनाकार भाटभटेनीको सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार विहानैदेखि यो योजनामा(अपरेसन)का लागि प्रहरी खटाइएको व्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक(एआइजी) किरण बज्रचार्यले आर्थिकन्युजसँग कुरा गर्दै जानकारी दिए ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको प्रहरीले बताएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, वर्तमान न्यायाधिश कुमार रेग्मी, पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ,पूर्वअर्थमन्त्री विष्णु पौडेल र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।
त्यस्तै, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि यो मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ । त्यस्तै, भाटभटेनी सुपर मार्केट सञ्चालक मीनबहादुर गुरुङ, पूर्व बैंकर्स डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीले उक्त जग्गा प्लटिङ गरेर बेच्ने योजना बनाएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस