काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेका छन् । मंगलबार विहानैदेखि ललिता निवास काण्डमा संलग्तहरुको खोजीमा लागेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ पर्नेहरुको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएकी हुन ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको प्रहरीले बताएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, वर्तमान न्यायाधिश कुमार रेग्मी, पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ,पूर्वअर्थमन्त्री विष्णु पौडेल र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।
त्यस्तै, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि यो मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ । त्यस्तै, भाटभटेनी सुपर मार्केट सञ्चालक मीनबहादुर गुरुङ, पूर्व बैंकर्स डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीले उक्त जग्गा प्लटिङ गरेर बेच्ने योजना बनाएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस