काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्ररकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बलरा नगरपालिका सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप रहेको छ । मिश्रविरुद्ध मंगलबार १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ बिगो कायम गरि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सार्वजनिक सेवामा २०५७/०३/०८ देखि मिति २०७८/०७/२६ सम्म उनी रहँदाको अवधिको आयव्याय हेरिएको थियो । मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक देखिएको अख्तियारको भनाई छ ।
प्रतिक्रिया दिनुहोस