aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

काठमाडौं । चिनका अर्बपति तथा अलिबा बाबा आन्ट फाउन्डेशनका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन् । उनी मंगलबार बंगलादेश हुँदै भिपीएम भीपीपी एमए ७३७ म्याक्सको निजी विमानबाट काठमाडौं आएका हुन् । 

१५ दिनको अनअरायबल भिसा लिएर सात जनाको टोली काठमाडौं आएको अध्यागथमन विभागका प्रवक्ता खिमराज भुसालले आर्थिक न्युजलाई जानकारी दिए । उनका अनुसार उनको टोलीमा छ जना पुरुष र एक महिला रहेकी छिन् । उनी नेपाल आउनुको कारण भने अहिलेसम्म खुलिसकेको छैन् । 

ज्याक मा चर्चित इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक हुन्। केही समयअघि उनको सम्पति त्यहाँको सरकारले राष्ट्रियकरण गरेको थियो। अलिबाबाले नेपालमा रहेको दराज अनलाइन कम्पनीमा लगानी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस