aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रधानमन्त्रीका निजी सचिव राजस्व अनुसन्धानको डिजीमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
प्रधानमन्त्रीका निजी सचिव राजस्व अनुसन्धानको डिजीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव नेपाल सरकारका सहसचिव नवराज ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुङ्गानालाई प्रधानमन्त्री कार्यालयबाट विभागमा सरुवा गर्ने निर्णय गरेको हो। उनले महालेखा परीक्षकको कार्यालय, वैदेशीक रोजगार विभाग, विरगञ्ज भन्सार कार्यालय, अध्यगमन विभाग, वन विभाग लगायतका कमाउ हुने स्थानमा पनि बसेर काम गरेका छन।

राजस्व अनुसन्धान विभागका नारायण सापकोटा विभागमा गएको केहि महिना पुग्दै गर्दा प्रधानमन्त्री कार्यालयको दवावका कारण विभागबाट हटाइएका छन।  ढुङ्गाना कर्मचारी प्रशासनभित्र ‘डन’का रुपमा पनि चिनिने गरेको उनका एक सहकर्मीले आर्थिकन्युज डटकमलाई बताए । 

भ्रष्टचारको मुद्दा 
अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका सह–सचिव नवराज ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर गएका छन् ।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा उनी वीरगन्ज भन्सार प्रमुख भएका थिए। महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुखताका उनीमाथि लेखाका कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको थियो।

उनी गोरखा नगरपालिका, तत्कालीन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासकिय अधिकृतको रूपमा समेत काम गरेका थिए। यस अगाडि उनीमाथि रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर सरुवा लिएर हिँडेको आरोप समेत लागेको थियो।

मातृका यादव उद्योगमन्त्री हुँदा पनि उनी सचिवालयमा थिए। विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अकुत आर्जन गरेको उजुरी समेत अख्तियारमा छ। अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएको उनीमाथि आरोप छ। उनी तत्कालिन समयमा देव गुरुङ मन्त्री भएका बेलामा समेत निजी सचिवका रुपमा काम गर्ने मौका पाएका थिए । 

प्रतिक्रिया दिनुहोस