काठमाडौं। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को महाधिवेशन यहि असार २३ गते शनिबार हुने भएको छ । यक्त महाधिवेशनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौलाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ।
फेकनमा दुई अध्यक्षका प्रत्यासीले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्। उपाध्यक्ष बस्नेत र महासचिव निरौलाले मंगलबार अध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका हुन्।
फेकनको विधानमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्वयवस्था छ। त्यस्तै महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, दुई सचिव र सात जना सदस्य निर्वाचनबाट र दुई सदस्य मनोनीत गरी १८ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
प्रतिक्रिया दिनुहोस