aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्न संसदको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्न संसदको माग

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा काण्डमा मुछिएका पूर्वप्रधानमन्त्रीसँग संसदमा नै स्पष्टिकरण सोध्न माग भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटरको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका हुन ।

 बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्व प्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको बताए । 

उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेको बताए । ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराई संलग्न भएको भन्दै यसभन्दा पहिला चर्चामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस