aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलोन मस्कको आज जन्मदिन, उनको पुरा नाम के हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
एलोन मस्कको आज जन्मदिन, उनको पुरा नाम के हो ?

एजेन्सी । विश्वका नम्बर १ धनी एलोन मस्कको आज जन्मदिन हो । टेस्ला, स्पेसएक्स र ट्वीटर जस्ता ठूला कम्पनीका मालिक मस्क ५२ वर्षका भएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन्। उनको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो। उनको पूरा नाम एलोन रिभ मस्क हो। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलोन मस्कको कुल सम्पत्ति २२५ बिलियन डलर छ।

गत वर्ष इलोन मस्कले ट्वीटर सम्झौतापछि ठूलो घाटा बेहोरेको थियो । उनीबाट नम्बर १ धनीको ताज पनि खोसिएको थियो । तर यो वर्ष उनको सम्पत्ति रकेटको गतिमा बढेको छ र उनी विगतमा फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । 

इलोन मस्कको सम्पत्ति सन् २०२३ को सुरुदेखि ८८.४ अर्ब डलरले बढेको छ पछिल्लो २४ घण्टामा एलोन मस्कको नेट वर्थमा ६ अर्ब ५५ करोड डलरले वृद्धि भएको छ । सन् २०२१ मा पहिलो पटक अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै एलोन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस