काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुशिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन् ।
“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभी ओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ ।
एक्सभी ओडीमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभी ओडीमा डिशहोमको सेटटप वक्समा उपलव्ध रहेको फिचर हो ।
प्रतिक्रिया दिनुहोस