aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाए

एजेन्सी । भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाएका छन। बुधबार कारोबारका क्रममा दिउँसो सेन्सेक्सले ६४ हजारमाथि नाघेर ६४ हजार १२ दशमलव १६ को उच्च विन्दुमा पुगेको छ ।

त्यस्तै, निफ्टीले पहिलो पटक १९,००० अंक पार गर्यो र निफ्टी १९,०००.२ मा पुग्यो। निफ्टी बैंकले ४४,५०० को स्तर पार गरी ४४,५०८.४ को हालसम्मकै उच्च बनाएको छ । यसको १० मध्ये ७ स्टकहरू बढेका छन् ।  

यसअघि दिउँसो निफ्टीले पहिलो पटक १८,९०० नाघेको थियो भने इन्ट्रा–डेमा निफ्टीले १८,९२२ दशमलव ६० को नयाँ रेकर्ड स्तर छोएको थियो । अमेरिकी बजारमा आएको उछाल र विदेशी पुँजीको बढ्दो आवागमनका बीच बुधबार भारतीय  शेयर बजारका दुवै प्रमुख सूचक सेन्सेक्स र निफ्टी प्रारम्भिक कारोबारमा आफ्नो सर्वकालीन उच्च स्तरमा पुगेका थिए ।

बजार परिसूचकमा महत्वपूर्ण हिस्सा रहेको रिलायन्स इन्डस्ट्रिज र एचडीएफसी बैंक जस्ता ठूला कम्पनीको सेयर किनबेचले पनि सकारात्मक सोचलाई बलियो बनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस