aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्केका छन् । उनी यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्केका हुन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उनको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस