aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
'नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो'

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ । 

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाइएको छ । 

कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ । यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ । “प्रहरी सङ्गठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको शृङ्खला नै खल्बल्याउने, फाटो ल्याउने मनसायले लेखिएको यस्ता प्रकारका समाचार सामग्रीमा कुनै सत्यता नरहेको प्रहरीले जानकारी छ । 

 सञ्चार संस्थाले तथ्यमा आधारित रहेरमात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी सङ्गठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ”, जारी सूचनामा भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस