aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेयर बालेन्द्रले तोके विद्यालय शिक्षकको नयाँ तलब दर, अब कसको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
मेयर बालेन्द्रले तोके विद्यालय शिक्षकको नयाँ तलब दर, अब कसको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्रका संस्थागत विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ तलबदर तोकेका छन् । मेयर साहले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका हुन् । 

मेयर साहले सार्वजनिक गरेको तलबमानमा पद र श्रेणी अनुसारको तलब तोकी सुरुको तलब र काम हुने जम्मा तलबको दर तोकिएको छ । उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीनवटै तहका विद्यालयका शिक्षकको तलब दर तोकेका छन् । 

यससँगै अब शिक्षकको तलब न्यूनतम ३१ हजार २९६ देखि अधिकतम ६८ हजार १४५ सम्म पुगेको छ । नयाँ तोकिए अनुसारको तलब नपाएमा महानगरपालिकामा सम्पर्क राख्न उनले आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस