aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तरुण दलको तदर्थ समितिमा चार सय थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
तरुण दलको तदर्थ समितिमा चार सय थप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन । 

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए । 

प्रतिक्रिया दिनुहोस