aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेकनको अध्यक्षमा प्रज्वल बस्नेतको उम्मेदवारी, को हुन उनी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
फेकनको अध्यक्षमा प्रज्वल बस्नेतको उम्मेदवारी, को हुन उनी ?

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षमा प्रज्वल बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका बस्नेत अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन् ।   

उनले यहि असार २३ गते हुन लागेको फेकनको महाधिवेशनमा अध्यक्ष पदका आफ्नो उम्मेदवार दिने घोषणा गरेका हुन । बस्नेतले मंगलबार अध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका हुन् ।  उनीसँगै फेकनमा हालका महासचिव राजु निरौलाले पनि अध्यक्ष पदमा नै उम्मेदवारी घोषणा गरेका छन्।  

बस्नेत फेकनको स्थापनाकालदेखि नै सक्रियरुपमा रहेका छन् । उनले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन फेकनको सुरुदेखि नै शिक्षा मन्त्रालय लगायत निकायसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसअघि बस्नेत फेकनकाे उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा दुई कार्यकाल आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।   

सक्सेस एजुकेशन कनसल्टेन्सीका सञ्चालक समेत रहेका बस्नेतले शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई हटाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । फेकनमा प्रतिस्पर्धा भन्दा पनि सहमतिमा महाधिवेशनमा सम्पन्न गराउनेमा आफ्नो जोड रहेको उनको भनाई छ ।      

प्रतिक्रिया दिनुहोस