काठमाडौं । नेपाली कामदारहरूले विदेशमा नै श्रम स्वीकृति नवीकरण गर्दा बीमा बापत बुझाउनुपर्ने रकम (बीमाशुल्क) अब अनलाइन प्रणालीमार्फत बुझाउन पाउने भएका छन् ।
बीमा समितिले जीवन बीमा कम्पनीहरूद्वारा सञ्चालित वैदेशिक रोजगार म्यादी जीवन बीमा पुललाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको छ। यदि, प्लले यस्तो व्यवस्था गरेमा विदेशमा रहेका नेपाली कामदारले बीमा बापत तिर्नुपर्ने रकम अनलाइनमार्फत तिर्न सक्नेछन् ।
वैदेशिक रोजगार विभागले म्याद सकिएको अवस्थामा सम्बन्धित नेपाली कटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था यसै वर्षदेखि गरेको छ। तर उनीहरूले बीमा शुल्क कसरी भुक्तानी गर्ने विषयमा भने अन्योल नै थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस