aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँसँग प्रस्ताब माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँसँग प्रस्ताब माग

काठमाडौँ । लगानी बोर्डले काठमाडौंको बाहिरी चक्रपथ निर्माण गर्न चाइना कम्प्युनिकेसन कन्स्ट्रकसन कम्पनीसँग प्रस्ताव माग्ने निर्णय गरेको छ । उक्त कम्पनीले पेस गर्ने प्रस्ताव आधारमा उसलाई निर्माणको जिम्मा दिने नदिने निर्णय हुने बोर्डले जनाएको छ।

बाहिरी रिङ रोड निर्माणका लागि इच्छा देखाएका चारवटा चिनियाँ कम्पनीमध्येबाट यसलाई प्रस्ताव पेस गर्न छनोट गरिएको हो। सरकारले गत वैशाख र जेठमा गरेको लगानी सम्मेलनमा बाहिरी चक्रपथ निर्माण गर्न आशयपत्र पेस गर्न सकिने सूचीमा राखेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार यो आयोजना बनाउन चीनका चारवटा आयोजनाले चासो देखाउँदै आशयपत्र पेस गरेका थिए। चाइना कम्युनिकेन कन्स्ट्रक्सनले बोर्डले तोकेको मापदण्ड पूरा गरेको पाइएकोले प्रस्ताव माग. गर्ने निर्णय गरिएको हो।

आयोजना निर्माण गर्न लाग्ने अनुमानित लागतको एक तिहाइ खुद सम्पत्ति भएको र एक दशकमा यस्तै आयोजनाको अनुभव भएको हुनुपर्ने मापदण्ड बोर्डले तय गरेको थियो। आशयपत्र पेस गरेका चार कम्पनीमध्ये यो कम्पनीले मात्रै मापदण्ड पूरा गरेको पाइएकाले योसँग मात्रै प्रस्ताव माग गर्ने निर्णय भएको अधिकारीले बताए । 'प्रस्ताव आहवानको कागजपत्र तयार गरी ६० दिनभित्र हामीले आब्हान गछौं,' उनले भने, 'हामीले आब्हान गरेको ४५ दिनभित्र उसले प्रस्ताव बुझिसक्नु पर्नेछ ।' यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस