काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अर्का अधियुक्तलाई पनि पक्राउ पुर्जी जारी भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा बस्न्यातको पनि संलग्नता रहेको अदालतको आदेशमा उल्लेख छ । उनी भूमिसुधार मन्त्रालयको सचिव हुँदा ललिता निवाससम्बन्धी निर्णय गरेको अदालतको आदेशमा छ ।
प्रतिक्रिया दिनुहोस