aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घरमा जुवातास खेलिरहेको १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
घरमा जुवातास खेलिरहेको १० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस