काठमाडौं । यातायात व्यवस्था विभागले १ साताभित्र मास प्रिन्टर्स सञ्चालनमा ल्याउने तयारी गरेको छ । विभागले रु ४ करोड ८३ लाख ९३ हजार ३९६ लागतमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग वैशाखमा मास प्रिन्टर्स खरीदको सम्झौता गरेको थियो।
साउन २० गते नै नेपाल आएको मास प्रिन्टर्स हालसम्म सञ्चालन भएको थिएन । यसअघि चालक अनुमतिपत्र छाप्ने कार्डको अभावले मास प्रिन्टर्स सञ्चालन गर्न नसकिएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताएका थिए । मास प्रिन्टर्स २४ घण्टा नै चल्ने र प्रतिघण्टा साढे ४ सयका दरले कार्ड छाप्ने विभागले जानकारी दिएको छ । जसले दैनिक करिब ९ हजार ६ सायवटा लाईसेन्स छाप्न गर्छ ।
आगामी २ महीनाभित्र सम्झौता अनुसार १० लाख कार्ड आइपुग्ने बिभागले जनाएको छ । । त्यसपछि स्मार्ट लाइसेन्सको समस्या अन्त्य हुने दाबी विभागका महानिर्देशक हमालले गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस