aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बानेश्वरबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बानेश्वरबाट पक्राउ

काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।  

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले रौनियारलाई पक्राउ गरेको पुष्टि गरे । उनले आर्थिक न्युजसंग भने, ‘रौनियारलाई शुक्रबार नयाँ बानेश्वर एरियाबाट पक्राउ गरिएको हो । उनीविरुद्ध बाँकेमा ठगि मुद्दा दर्ता भएको छ । त्यसैले प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो ।’ 

रौनियार पूर्व सांसद समेत हुन् । उनी संसद भएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।  विभिन्न ठेक्का समयमा काम नगरेपछि उनको कन्स्ट्रक्सन कम्पनी बारम्बार कालोसूचीमा समेत पर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस