aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

कठमाडौं । आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजको दिक्षान्त समारोह बिहिबार होटल याक एण्ड यती काठमाडौंमा सम्पन्न भएको हो ।

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधिहरु र अविभावकहरुको उपस्थितिमा सम्पन्न उक्त दिक्षान्त समारोहमा बीबीए विजनेश एण्ड म्यानेजमेन्ट, बीएचएम र बीएससी आइटी (सीएसई) उर्तिण ३६७ जना विद्यार्थी दिक्षित भएका छन् ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन  गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस