काठमाडौं । मकवानपुरको लामिटारमा ३३ किलोग्रामको अजिंगर फेला परेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको गाउँपालिका–३ स्थित लामिटार सामुदायिक वनमा उक्त अजिंगर फेला परेको हो ।
उक्त अजिंगरले लामिटार जंगलमा बोकासमेत मारेको छ । त्यस लगत्तै स्थानीहरुले उक्त अजिंगरलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन् । लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस