aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नागरिक उड्डयन प्राधिकरणमा सवा अर्बको यस्तो चलखेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
नागरिक उड्डयन प्राधिकरणमा सवा अर्बको यस्तो चलखेल

काठमाडौं । एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ ।

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए लगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो । आर्थिक वर्ष २०६८/०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ ।

‘नयाँ मन्त्री आएपछि बोनस वितरणसम्बन्धी फाइल फेरि खोलिएको छ’ क्यानका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘नयाँ मन्त्रीलाई मनाएर अर्थसँग सहमतिका लागि प्रयास गर्ने सहमति कर्मचारीबीच बनेको छ ।’ बोनस वितरण गर्ने निर्णय सञ्चालक समितिबाट पारित गराउनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस