काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न वरिपरि तारबार लगाउने भएको छ । आइतबार महानगरको टोलीले ललिता निवासमा तारबार लगाउन लागेको हो ।
ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नका लागि घेराबार गर्न लागिएको महानगरले जनाएको छ । उक्त जग्गामा तारबार लगाउन महानगरको टोली २ः३० बजे ललिता निवास जान लागेको जनाइइएको छ ।
प्रतिक्रिया दिनुहोस